
राधिका मल्ल
४ माघ, कालिकोट । कर्णाली जेसीज को वर्ष २०२० को पद हस्तान्तरण कार्यक्रमका सम्पन्न भएकाे छ।
कर्णाली प्रदेशसभा सदस्य माननीय कुर्मराज शाहीले युवाले खोजेको शासन व्यवस्था विधिको शासन व्यवस्था भएकाले व्यक्तिको शासन नागरिकलाई स्विकार्य नभएको बताउनुभएको छ । उहाँले नेपालको राजतन्त्रले कहिल्यै पनि विधिको शासन नस्विकारेकाले राजतन्त्र हटेको बताउनु भयो ।
जननिर्वाचित प्रतिनिधिले संविधान घोषणा गरेकाले अहिले देशमा विधिको शासन व्यवस्था कायम भएको बताउनुभयो । शाहीले अहिले देशले संविधान मात्र नपाएर लोकतन्त्र पनि प्राप्त गरेको उल्लेख गर्नुहुँदै उहाँले अव राजनीति क्रान्ति सकिएकोले अव नेपालमा आर्थिक क्रान्ति सामाजिक क्रान्ति आवश्यक रहेको र हामी परिणाम चाडो खोज्र्छौ त्यसैले जनताले हामीबाट अपेक्षा गर्न सकेनन् । उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति दमनबहादुर शाहीले कालीकोटको विकासका लागि कर्णाली जेसीजले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले अहिले देशव्यापी रुपमा छाउपडि अभियान संचालन भइरहेका बेला जेसिजले पनि समाज रुपान्तरणका लागि नयाँ नयाँ अभियान संचालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशको विकासका लागि कर्णालीले योगदान गर्यो तर सरकारबाट कर्णालीले सौतेनी व्यवहार खेपिरहयो । अव कर्णालीको विकासका लागि उपभोत्तावादी चिन्तलाई हटाएइर कालीकोटको विकासमा अग्रसर हुनु आवश्यक रहेको र कर्णालीमा पाईने बहुमुल्य जडिबुटीलाई सहि ढंगले मुल्य निधारण गरेर उत्खन्न गरे आथिर्क लाभ हुने उहाँले बताउनुभयो ।
कार्यक्रम मा कर्णाली जेसिज कालिकोट २०२० को अध्यक्षमा सविन कुमार बिष्ट सर्वसम्वत निर्वाचित हुनु भयको छ । अन्य नव निर्वाचित पदाधिकारिमा कार्यकारिणी उपाध्यक्ष लक्ष्मण कुमार शाही (क्षितिज),कार्यकारिणी उपाध्यक्ष ,तुलराज पाण्डे (परिवर्तन )महासचिव ,हरिस बोगटी कानुनी सल्लाहकार ,पुष्षराज भट्टराई सचिव ,शंकरप्रसाद उपाध्याय कोषाध्यक्ष,धन बहादुर भण्डारी उपाध्यक्ष, नमराज योगि उपाध्यक्ष, धर्मसिंह धामी उपाध्यक्ष ,धर्मराज शाही सदस्य ,हस्त प्रसाद चौलागाई (त्रिकाल) चयन हुनुभएको छ ।



Milan Shrestha । ४ माघ २०७६, शनिबार १९:३२ बजे