सुर्खेतमा एकतिहाइले वालविवाह घट्यो – निर्देशक आचार्य


सुर्खेत २०, असार । समाज जागरण केन्द्र (स्याक) नेपालले १० औँ संस्थागत सामाजिक लेखापरिक्ष कार्यक्रम सम्पन्न भएको  । कार्यक्रममा  आर्थिक वर्ष २०७२/०७३ मा स्याक नेपाल संस्थाले गरेका संचालन गरेका गतिविधि बाट उपब्लधीका बारेमा जानकारी दिइएको छ ।

संस्थाले यस आर्थिक वर्षमा भेरी कर्णाली विभिन्न जिल्लामा रहेका बालवालिकालाई शिक्षा क्षेत्रमा पुहँच नभएका बालबालिका शिक्षा पहुँच ल्याउनमा सहयोगम, स्वास्थ्य क्षेत्रमा तीन ओटा नुमना गाउँ घोषण गरेका बताएको छ ।

यस्तै बाल तथा किशोर भेला गरी जिल्ला हुने बाल विवाह न्युनिकरण गर्नका सहयोग पु¥याउन भुमिका निर्वाह गरेको समेत जनाएको छ । कार्यक्रमा स्याकका कार्यकारी निर्देशक टिकाराम आचार्यले संस्था स्थापना काल देखी हाल निषपक्ष रुपमा काम गदै आएको वताउनु भयो ।

उहाँले जिल्ला बाल भेलाका कारणले कम उमेरमा हुने बालविवाह करिव १ तिहाई घटेको समेत जानकारी दिनुभयो ।कार्यक्रमा नेपाली कांगे्रसका कोषाध्यक्ष अन्नत पौडेल, राप्रपा नेपाल अध्यक्ष मानबहादुर खड्का लगायत सरकारी  तथा गैर सरकारी संस्थाका प्रमुख एवम् प्रतिनीधि लगायतका सहभागीता रहेको वताएको छ ।

समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतका कार्यवाहक अध्यक्ष खगेन्द्र प्रसाद सापकोटाको सभापतित्वमा भएको हो ।

साभारः राराखबर अनलाइन