
१९ माघ, सुर्खेत । यही माघ १७ वीरेन्द्रनगर सुर्खेतको पिपिरा गंगामाला पेट्रोल पम्प अगाडी ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा मृत्यू भएका प्रेम कार्कीका आफन्तजनका परिवारले भोली सुर्खेत बन्दको घोषण गर्दै गरेको र्रयालीमा दोहोरो झडप भएको छ ।
मंगलगढी-धुलियाविटको चारलेन सडक खण्डको बुलबुले नजिक विरोध जुलश निकालेका प्रदर्शनकारी र प्रहरी वीच एकतर्फी बाटो झडप भएको हाम्रा सहकर्मी मिलन श्रेष्ठले बताउनुभयो ।
झडपमा प्रहरीले भिडलाई नियन्त्रण गर्न पानीको फोहोरा प्रयोग गरेको थियो भने प्रदर्शनकारीले ढुंङ्गा प्रहार गरेको सहकर्मी श्रेष्ठले जानकारी दिनुभयो ।




Prawash Kumar Shakya । १९ माघ २०७६, आईतवार १७:१६ बजे