नयाँ २७ जनामा कोरोना संक्रमण पुष्टी


६ जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरसका (कोभिड-१९)का २७ नयाँ संक्रमित पुष्टी भएको छ । यो संगै संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितहरु काठमाडौका ३ जना र भक्तपूर र ललितपूरका १/१ जना रहेको छ । त्यस्तै झापाका ९ जना मोरङ र सुनसरीका १/१ जना, सर्लाहीका २ जना, मकवानपुर, रामेछाप, सिन्धुली र लमजुङका १/१ जना कपिलवुस्तका ४ र नवलपरासीका १ जनामा संक्रमण भएको र नयाँ संक्रमितहरुको उमेर १७ देखि ४२ वर्ष रहेको मन्त्रालयले जनाएको हो  ।