
१६ माघ, सुर्खेत । सुर्खेत महिला जेसीजले आज वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा रहेको साझा घर नेपाललाई केही खाद्य सामाग्री हस्तान्तरण गर्दै त्यहाँ रहेकाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
“महिला सशक्तिकरण, राष्ट्र विकास” भन्ने नारा लिएर शहिद दिवशको अवसरमा सुर्खेत महिला जेसीज बर्ष २०२० ले साझा घरमा आश्रितहरुको निशुल्क स्वास्थ्य परिक्षण तर खाद्य सामाग्री हस्तान्तरण गरेको बर्ष २०२०का अध्यक्ष प्रमी शाक्यले जानकारी दिँदै उहाँले कार्यक्रमलाई सफल बनाउनकालागि साथदिने सुर्खेत महिला जेसीज बर्ष २०२० का सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा डा. अर्चना कार्की र स्वास्थ्यकर्मी भगवती जिसीले साझा घरमा रहेका आश्रितहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नुभएको सुर्खेत महिला जेसिज बर्ष २०२०का महासचिव मनिशा कौशिलले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा साझा घर नेपालका तपेन्द्र वि.क.ले सुर्खेत महिला जेसिजको कार्यको प्रशंसा गर्नुभएको थियो ।




Milan Shrestha । १६ माघ २०७६, बिहीबार १६:२१ बजे