नेवारी भाषा प्रशिक्षण शुरु


aaaमिलन श्रेष्ठ

सुर्खेत,२१ असार । जिल्ला विकास समितीको कार्यालय अन्तर्गत आदिवासी जनजाती समन्वय परिषद सुर्खेतको आर्थिक सहयोग तथा नेवा: देय् दबू जिल्ला कार्य समितीको आयोजनामा एक हप्ते नेवारी (नेपाल) भाषा प्रशिक्षण कार्यक्रम सोमबार देखि  शुरु भएको छ ।

आदिवासी जनजाती जिल्ला समन्वय परिषद सुर्खेतका उपाध्यक्षको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बोल्दै नेवा: देय्‍ दबूका सल्लाहकार एवंम्‍ अधिवक्ता बिधाभुषण मानन्धरले,सबै जात-जाती, धर्मले आ-आफ्‍नो भाषा र सांस्कृतिको जर्गेना गनुपर्नेमा जोड दिए, मानन्धरका अनुसार नेवारी भाषा जिल्ला देखि नै लोप भर्इरहेको अवस्थामा यस कार्यक्रमले सहयोग गर्ने बताए ।

नेवा: देय्‍ दबू जिल्ला कार्य समिती सुर्खेतकी उपाध्यक्ष तिला श्रेष्ठको सभापतित्वमा शुरु भएको भाषा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथी रानाले, राज्यबाट आदिवासी जनजातीहरु थिचो मिचोमा परिरहेको अवस्थामा आफ्‍नो हक अधिकारका लागी हामीहरु सबै जना एक हुनु पर्नेमा जोड दिदै, सबै जसो जनजातीहरुको सांस्कृति र भाषा दिनानुदिन लोप हुदै गएमा जनजातीहरुको अस्तिीत्व नै लोप हुने र धर्म सांस्कृतिहरु धरापमा पर्नै निश्चितता भएको बताए ।

कार्यक्रका सभापति श्रेष्ठले जसरी जनजाती समन्वय परिषदले आदिवासी जनजातीहरुलार्इ बजेट बिनियोजन गर्ने गरेको छ वास्तवमा यो चरालार्इ कनिका छरेको जस्तो भएको छ । कुनै पनि जाती-जातीहरुलार्इ बजेट प्राप्त नभएको हुँदा आफूहरुले सोचे अनुसार कार्यक्रमहरु हुन नसकिरहेको हुँदा सरकारले वास्तवमै भाषा, सांस्कृति जर्गेना गर्नकै लागी बजेटदिने हो भने सम्बन्धि निकायहरु कुल लागतको योजना बनाएर जानु पर्दछ ।

नेवा: देय्‍ दबु जिल्ला कार्य समितीका सचिव लवमान श्रेष्ठले सहजिकरण गरेको कार्यक्रममा जिल्ला समितीका सदस्य मिलन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सल्लाकारहरु नविन प्रकाश शाक्य र दुर्गा प्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।