किसानहरुलाई फलफुलका विरुवा वितरण


फोटो गुगलबाट
फोटो गुगलबाट

सुर्खेत २२, असार । जिल्ला कृषि विकास कार्यालय सुर्खेतले किसानहरुलाई फलफुलका विरुवा वितरण थालेको छ ।कार्यालयले आपका ८ हजार, लिचीका ४ हजार ५ सय, कागतिका ८ हजार, अनारका ७ सय २०, अम्वाका ६ सय र कटहरुका सय वटा गरी करिव २२ हजार विरुवा किसानलाई विवरण गरेको जनाएको छ ।

किसानहरुको मागको आधारमा ढुवानी अनुदान दिएर रौताहट जिल्लावाट विरुवाहरु सुर्खेत ल्याएको बरिष्ठ कृषि विकास अधिकृत बिजयकुमार गिरी वताउनु भयो । उहाँले सरकारी दरमा किसानलाई फलफुलका विरुवाहरु वितरण गरिएको पनि जानकारी दिनुभयो । सुर्खेतलाई व्यवसायीक फलफुल खेतीतर्फ आर्कर्षित गर्न कार्यालयले सस्तो दरमा विरुवा प्रदान गरेको समेत गिरीले उल्लेख गर्नुभयो ।

किसानको मागको आधारमा दशहरी, अम्रावाली, बम्बैग्रिन, माल्दा, कलकत्तिया र लंङगडा जातका आपका विरुवा वितरण गरिएको छ । विरुवा लिन जिल्ला कृषि विकास कार्यालय आउनु भएका किसान डिल्लीराम भण्डारीले यसपाली विद्यापुरका किसानले मात्र ५० हजार रुपैयाका फलफुलका विरुवा लिएको वताउनु भयो । उहाँले अर्गानिक फलफुल उत्पादन गरेपनि बजार अभावमा सस्तोमा विक्री गर्नु पर्ने अवस्था सृजना भएको समेत वताउनु भयो ।

साभारः राराखबर अनलाइन