१८ फागुन, काठमाडौं । फेसबुकमा अपशब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गरेको आरोपमा
प्रहरीले संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका सचिव रामऔतार यादवलाई पक्राउ गरेको छ । प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा कालो झण्डा देखाउने युवाहरुलाई पक्राउ गरेको विरोधमा गाली गलौज गर्दै फेसबुकमा स्टाटस लेखेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले यादवलाई पक्राउ गरेको हो ।
रुपन्देहीबाट पक्राउ गरेर यादवलाई काठमाडौं ल्याइएको छ । उनलाई साइबर अपराधमा मुद्दा चलाउन काठमाडौं परिसर पठाइएको छ । यसैबीच मधेसी मोर्चा रुपन्देहीले मंगलबार प्रेस विज्ञप्ति निकालेर यादवलाई प्रक्राउ गरेर प्रहरीले वेपत्ता पारेको आरोप लगाएको छ । मोर्चाका नेता महेन्द्र यादवले निकालेको विज्ञप्तिमा यादवको अबस्था सार्बजनिक गर्न र रिहा गर्न माग गरिएको छ । रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
साभारः अनलाइन खबर




Milan Shrestha । १८ फाल्गुन २०७२, मंगलवार १४:०७ बजे