गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


बैसाख १४, डोटी ।

डोटीको बुडरमा स्कारपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको घट्नास्थलमा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुडरका अनुसार शुक्रबार बिहान करिब साढे आठ बजे धनगढीबाट बाजुरातर्फ गइरहेको १६ च ८७८२ नं को स्करपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका २ उल्टा खाम बस्ने अन्दाजी १९ वर्षका राजेश विष्टको मृत्यु भएको हो ।

तीव्रगतिमा गइरहेको स्कारपियोले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डोटीको जोरायल गाउँपालिका २ छतिवन बुडरस्थित कुखुरा फार्ममा कार्यरत बिष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरिक्षक हर्कबहादुर चन्दले जानकारी दिए । ठक्कर दिने स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अन्नपूर्णबाट