२६ साउन, सुर्खेत । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष पञ्चसिं रोकायको आज निधन भएको छ ।
केही समयबाट क्यान्सर रोगले पीडित रोकायको उपचारकै क्रममा सोमबार विहान विहान निधन भएको हो ।
रोकाय बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष समेत हुनुहुन्छ । उहाँ जिल्लाका धेरै सामाजिक संघ, संस्था र अभियानहरुमा सहभागि हुनुभएको थियो ।
ढुवानी सेवा र बुद्ध सप्लायर्स हार्डवयर व्यवसाय गर्दै आउनुभएका उहाँ राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रियतापूर्वक लाग्नुभएको थियो । संविधान सभा निर्वाचन र संसदीय निर्वाचनमा नयाँ शक्ति पार्टी, राष्ट्रिय जनता पार्टी, समाजवादी जनता पार्टीबाट संसदको उम्मेदवार बनेर निर्वाचनमा लड्नुभएको थियो ।
रोकाय समाजवादी जनता पार्टीको प्रदेश महासचिव, होराइजन एकेडेमीका सञ्चालक समिति सदस्य, सुर्खेत पहिचान दैनिकका प्रकाशक समेत रहनुभएको थियो । उहाँको पाँच बर्ष अगाडी कलेजो ट्रान्सप्लान्ट गरिएको थियो ।




Prawash Kumar Shakya । २६ श्रावण २०७७, सोमबार ०९:५६ बजे