काठमाडौं– नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ। एकता महाविधेशन र केन्द्रीय समितिको निर्णय विपरित केन्द्रीय समितिको आकार १ हजार ९९ बनाएको हो। एकता महाधिवेशनले केन्द्रीय समितिको आकाश ६ सय ११ बनाउने निर्णय गरेको थियो।
बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको कार्यालय बैठकले महाधिवेशन आयोजक समितिको आकार १ हजार ९९ बनाएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन। उनक अनुसार १ सय केन्द्रीय सदस्यको नाम टुंगो लाग्न बाँकी छ। १० दिन पहिले सम्पन्न केन्द्रीय समितिले महाधिवेशन आयोजक समिति ६ सय ९९ सदस्यीय, पोलिट्ब्युरो १ सय ५१ सदस्यीय र स्थायी समिति बढीमा ५१ सदस्यीय बनाउने निर्णय गरेको थियो।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । २० जेष्ठ २०७३, बिहीबार ०९:४८ बजे