
१६ चैत्र, सुर्खेत । लकडाउनको बेलामा सुर्खेतबाट नक्कली पास प्रयोग गरि नेपालगंज जान लागेको गाडीलाई प्रहरीले पक्राउ गरेको छ ।
खड्का कृष्ण एण्ड द क्याराभानले ना ८ ख २४३१को गाडीमा सुर्खेत देखि चितवन कामदार लैजान लिएको (पास) अनुमती पत्रलाई डिजिटल प्रविधीको प्रयोग गरि अर्को एकजनाले दुरुपयोग गरेको पाइएको हो ।
राज कुरेशी नाम गरेका ब्यक्तिले सुर्खेत देखि नेपालगंज तर्फ सो पासको दुरुपयोग गरि गाडी प्रयोग गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका कम्प्यूटर प्राविधक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
हामीले पास दिँदा विवरणमा हातले लेखेका थियौं तर दुरुपयोग गर्नेले डिजिटल प्रविधीको प्रयोग गरि सबै कम्प्यूटरबाट टाइप गरि पासलाई मोबाइलबाट फोटो देखाउँदा स्थानीय नारायण पेट्रोल पम्प नजिकबाट प्रहरीले पक्राउ परेको हो । कम्प्यूटर प्राविधिक श्रेष्ठले भन्नुभयो ।



Prawash Kumar Shakya । १६ चैत्र २०७६, आईतवार १८:१७ बजे