प्रदेश विपद कोषमा सहयोगी हातहरु बढ्दै


१७ चैत्र, सुर्खेत । विश्वभरी नै आतंककारीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीको रोकथाम तथा नियन्त्रणकाले कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा आज मगर जातिहरुको संस्थाले ५ लाख ५० हजार रुपैया रकम जम्मा गरेको छ ।

मगर जातिहरुको संस्थाहरु सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि.ले २ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले २ लाख, सिद्धार्थ सञ्चार सहकारी संस्था लि.ले ७५ हजार, लगनशिल महिला लघु उद्योगी सहकारी संस्था लि.सुर्खेतले ५० हजार र सिद्धार्थ नेशनल को-अपरेटिभ स्कूल सुर्खेत २५ हजार गरि जम्मा ५ लाख ५० हजार रुपैया विपद कोषमा जम्मा गरिएको सिद्धार्थ सञ्चार सहकारी संस्थाका सचिव ललित गाहाले जानकारी दिनुभयो ।

गाहाले भन्नुभयो । कोरोनाले विश्व नै आक्रान्त पारि रहेको यो समयमा प्रदेश सरकारले स्थापना गरेको कोषमा सबैजनाले सक्दो सहयोग गर्नुपर्ने हुन्छ । विपद भन्ने कहाँ निर कति खेर हुन्छ कसैलाई थाहा हुदैन त्यसैले सबैले सक्दो सहयोग गरौं ।

यसैवीच कोषमा सिटिजन्स बैंकको तर्फवाट शाखा प्रवन्धक प्रकाश महत ले ७ लाख रुपैयाको चेक आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गर्नुभयो ।