१ जोडी शब भेटियो


१९ चैत्र, सुर्खेत । सुर्खेत नेपालगंजको सडक खण्डको पैसठ्ठीको जंगलमा एक जोडीको शब फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतका प्रहरी निरिक्षक माधव चौधरीले घटनास्थल पैसठ्ठीबाट करिब १ घण्टाको उकालो हिड्पछि पुग्न सकिने बताउँदै शब कुहिसकेकोले पहिचान हुन नसकेको जानकारी दिनुभयो ।

अन्दाजी करिब ३०/३५ बर्ष उमेरका देखिने शब नजिकै २ बोतल औषधीका सिसी बरामद भएकोले आत्महत्या गरेको हुन सक्ने हामीले अनुमान गरेका छौ । अब कपडाले नै शब पहिचान हुनसक्छ होला । निरिक्षक चौधरीले भन्नुभयो ।