बझाङका एक व्यापारीको हत्या


१९चैैत्रबझाङ

बझाङ जिल्लामा एक व्यापारीको अज्ञात समूहले हत्या गरेको छ ।
जिल्लाको तल्कोट गाउँपालिका वडा नँ १ डोरीपाटाका स्थानीय व्यापारी डबल बहादुर कुँवरको मंगलबार राती अज्ञात समूहद्धारा हत्या त्यहाँका स्थानियवासीहरुले बताएका ।
मँगलवार राति पसल बन्द गरेर सुत्न लागेका कुँवरलाई पसल खोल्न लगाइ हत्या गरेका हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी नेत्र बोहराले जानकारी दिए ।
प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेका कुँवर बुधबार बिहान मृत अवस्थामा भेटिएका थिए । सडक छेउमा रहेको पसलमा अज्ञात समूहले सामान किन्ने निहुँमा पसल खोल्न लगाइ हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।