विपद कोषमा गण्डकी विकास बैंकको सहयोग रकम जम्मा


२१ चैत्र, सुर्खेत । विश्वमा आतंक मच्चाउँदै फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीको जोखिमलाई ध्यानमा राख्दै कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा आज ४ लाख जम्मा भएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा रहेको गण्डकी विकास बैंक लिमिटेडका शाखा प्रवन्धक प्रकाश श्रेष्ठले आज कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ४ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

विश्व नै अहिले कोरोना भाइरसको महामारीको चपेटमा परेको अवस्थामा प्रदेश सरकारले स्थापना गरेको विपद व्यवस्थापन कोषमा  रकम सहयोग गरेका हौं । प्रवन्धक श्रेष्ठले भन्नुभयो । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सबै प्रदेशमा चार लाख रुपैयाँका दरले प्रदेश सरकारले स्थापना गरेको विपद कोषमा जम्मा गर्ने निर्णयबमोजिम कर्णाली सरकारलाई चेक हस्तान्तरण गरिएको शाखा प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो ।