फाल्गुण १८, सुर्खेत ।
२६ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेकाछन् । अमेरिका पठाइदिन्छु भनी २६ लाख रुपैयाँ ठगी गर्ने दुइजनालाई प्रहरीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत र मन्त्रीको पीए हुँ भनि ७ जना ब्यक्तिसँग सो रकम ठगी गरेका दाङ जिल्लाका छविलाल चौधरी र उनकी श्रीमति सुभद्रा कर्माचार्यलाई काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले २६ लाख रुपैयाँ लिएर सम्पक बिहिन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौंको कालोपुलबाट शुक्रबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । प्रहरीले उनीहरुविरुद्ध ठगीको मुद्दा चलाएको छ ।



Milan Shrestha । १८ फाल्गुन २०७४, शुक्रबार ११:३१ बजे