२७ बैशाख, कालीकोट ।
प्रेम राज सिम्खाडा
कालीकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बम माथि आक्रमण भएको छ ।
वन्दावन्दी खुकुलो भएसंगै वडा नं १ को राडुनेटामा स्र्काभेटर सहित सडक खन्न पुग्नु भएका गाउँपालिका अध्यक्ष माथि नेकपाका गाउँ कमिटिका अध्यक्ष बिस्नु रोकाया (इन्द्र) र वडा नं १ का वडा अध्यक्ष मानवहादुर भण्डारी (वासिन्दा)को योजनामा अध्यक्ष माथि आक्रमण भएको र उहाँलाई वन्दक वनाईएको खवर आएको छ ।
वडा नं २,३ र ४ को वाटो खन्न गाउँपािलकाले सुरु गर्न थालेपछि डोजर लगाएर वाटो खुन्न नपाईने भन्दै अध्यक्ष माथि आक्रमण भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामवावु ओलियाले गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बम र उहाँको श्रीमती लगाएका केही घाईते भएको वताउनुभयो ।
उहाँहरुको उपचार राडुनेटामा रहेको स्वास्थ्य चौकीमा भईरहेको छ । अध्यक्ष बमकी श्रीमती गोरीकला बम वढि घाईते हुनु भएको छ । अरुलाई सामान्य चोटपटक लागेको भएपनि अध्यक्ष पत्नीको चोट वढि रहेको आफुलाई जानकरी आएकोे प्रहरी प्रमुख ओलियाले वताउनुभयो । थिर्पुवाट प्रहरीको टोली घटना स्थलमा पुगेको छ ।
दुवै पक्षका नागरिकहरुको भिड भएकाले थप झडपहुन सक्ने अवस्था रहेकाले जिल्लावाट प्रहरी निरिक्षक इन्द्रवहादुर मल्लको नेतृत्वमा एक टोली र शसस्त्र प्रहरी इन्सेपेक्टरको नेतृत्वमा अर्को टोली गरेर दुई टोली पलाँता तर्फ गएका छन । गाउँपालिका अध्यक्ष बम र नेकपा पलाँताका अध्यक्ष वडा नं १ का अध्यक्ष लगाएतको बिचको द्धन्द्ध पुरानो रहेको थियो । तर द्धन्द्ध भएपनि झडपमा उत्रिनु दुखद भएको सबैले वताएका छन । एकै पार्टीमा आवद्ध नेताहरुले दुस्मन संग भिडे जस्तै भिड्नु गलत भएको सबैले प्रतिक्रिया दिएका छन ।
गाउँपालिका अध्यक्ष साविकको नेकपा माओबादीवाट टिकट लिएर अध्यक्ष जित्नु भएको हो । भने । रोकाया र भण्डारी पनि नेकपा माओबादीकै पुर्व कार्यकर्ता हुन । सो बिषयमा जानकारी लिन खोज्दा बिस्नु रोकाया (इन्द्र) को फोन स्वीच अफ र वडा नं १ का अध्यक्ष मानवहादुर भण्डारी (वासीन्दा) नउठदा खेरी उहाँहरु दवैजना को प्रतिक्रिया बुझन सकिएको छैन ।
वडा नं २ का अध्यक्ष बिरे बिकका अनुसार मानवहादुर भण्डारीले एक्कासी आएर गाउँपालिका अध्यक्ष माथि ढुङगा प्रहार गरी घाईते वनाएपछि आफु लगाएत गाउँपालिका अध्यक्ष असुरक्षित रहेको वताउनुभयो । घटना लगतै पलााता पुग्नु भएका पचालझरना गाउपाािलका अध्यक्ष खड्कराज सेजुवालले पुरानो पार्टीको आन्तरिक बिवादकै कारणले गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष तथा पार्टी नेतृत्व विच बिवाद भएको वताउनुभयो । उहाँले अर्का पक्षका वडा अध्यक्ष भन्डारी र रोकाया लगाएतका ब्यक्ती पनि घाइते भएको वताउनुभयो ।
Milan Shrestha । २७ बैशाख २०७७, शनिबार २०:१३ बजे