२३ चैत्र, सुर्खेत । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपूरमा ३ जना नयाँ कोरोनाका संक्रमित बिरामी भेटिएपछि कर्णाली प्रदेशको सुर्खेत जिल्ला संग सिमाना जोडिएको चौकुने गाउँपालिका सुर्खेतले हाइअर्लट घोषणा गरेको छ ।
सुर्खेत जिल्ला पश्चिमको चौकुने गाउँपालिका सुदुरपश्चिम प्रदेश संग सिमाना जोडिएकोले कोरोना संक्रमित सजिलै प्रवेश गर्न सक्ने भएकोले सिमानमा रहेका झोलुंगेपुलहरु, फेरीहरू सञ्चालन बन्द गर्ने निर्णय गर्दै हाई अलर्टको घोषणा गरेको गाँउपालिकाले जनाएको छ ।
सम्पूर्ण गाँउपालिकाबासीहरुलाई कसैको पनि सम्पर्कमा नजान, पाहुना राख्न तथा हुन नजान आग्रह गरिएको गाँउपालिका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिनुभयो ।
स्मरण रहेको हिजो २२ गते कैलाली कञ्चनपूरमा ३ जना नयाँ कोरोनाका संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको थियो ।
यसैवीच सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने केन्द्र सरकारलाई सिफारिस गरिएको बताउनुभएको छ ।
लकडाउनको अवधि यही चैत २५ गते सकिँनै लाग्दा सुदुरपश्चिममा ३ जना कोरोना संक्रमित भेटिएपछि लकडाउन लम्ब्याउने सुदुरपश्चिम प्रदेश सरकार लागेको हो ।



Prawash Kumar Shakya । २३ चैत्र २०७६, आईतवार १४:०९ बजे