
२४ चैत्र, सुर्खेत । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा व्यवस्थापनका कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद कोषमा लक्ष्मी बैंक लिमिटेडले १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।
लक्ष्मी बैंक कर्णाली प्रदेश प्रमुख शैलेन्द्र राज पाण्डेले कर्णाली प्रदेशका मुख्यसचिव टेक नारायण पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो । लक्ष्मी बैंकले कोभिड -१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कूल रु १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने गरि ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी रु ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित विपद कोषमा १० लाखका दरले जम्मा गर्ने निर्णय गरेको थियो जसअनुसार आज कर्णाली प्रदेशमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।



Prawash Kumar Shakya । २४ चैत्र २०७६, सोमबार १६:४४ बजे