देश महामारीको दोश्रो चरणमाः प्रधानमन्त्री ओली (भिडियो सहित)


२५ चैत्र, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले कोरोना  भाइरस (कोभिड-१९)को महामारीको दोश्रो चरणमा रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज विहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । नागरिकको जीवन रक्षा नै पहिलो प्राथमिकता सरकारको रहेको सम्बोधनमा प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यो कोरोना भाइरसलाई रोक्ने नै सबैभन्दा महत्वपूर्ण सामाजिक दुरी नै उत्तम हो । त्यस्तै सरकारले नागरिककालागि आपूर्ति व्यावस्था सहज बनाइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो । लकडाउन नै यो महामारी संग लड्न सक्ने एउटा माध्यम हो । यो महामारीको बेला तिनै तहका सरकारको भूमिका महत्वपूर्ण रहेको छ । साथै कोरोना भाइरसलाई पछ्याउने ट्रेसिङ्ग एप बनाउने सोचमा सरकार रहेको छ ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले महामारिबाट ज्यानगुमाने हार्दिक श्रद्धाञ्जली एवं संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।