माघ २६ देखि प्रदेशस्तरीय महोत्सव हुने


करिब ३ लाख दर्शकले अवलोकन गर्ने 

५ माघ । सुर्खेत । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ६ ले प्रादेशिकस्तरको महोत्सव सुर्खेतमा गर्ने भएको छ ।

२०७४ माघ २६ गते देखि फागुन ८ गते सम्म प्रदेश नं ६ को अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरमा महोत्सव गर्न लागिएको बाणिज्य महासंघ प्रदेश नं ६ ले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

महोत्सवमा प्रदेश नं ६ को समृद्धिको बलियो आधारको रुपमा रहेको जलश्रोत, खानीखनिज, जडीबुटी, स्थानीय उत्पादन, कला संस्कृति र पर्यटनको प्रवर्द्धनकालागि पहिलो कोशो ढुङ्गा सावित हुने अपेक्षा लिइएको आज जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा यस क्षेत्रमा रहेको मुगुको रारा ताल, डोल्पाको शेफोक्सुण्डो, दैलेखको पञ्चकोशी लगाएतका क्षेत्रहरु महोत्सवका मुख्य आकर्षणको केन्द्रको रुपमा रहेको बताइएको छ ।

महोत्सवमा करिब ५०० स्टल रहने र करिब ३लाख दर्शकले अवलोकन गरिने अपेक्षा महासंघले लिएको छ ।

१२ दिन सम्म चल्ने महोत्सवमा स्थानीय कलाकारका साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रियस्तरका ख्यातीप्राप्त कलाकारहरुको जमघट गराउने र महोत्सव कर्णाली प्रदेशको बृहत उत्सवको रुपमा आयोजना हुने विज्ञप्तीमा जनाइएको छ ।