
३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्ष २०७७ बैशाख १ दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वानको समर्थन गर्दै सबै जनतालाई राष्ट्रिय गान गाउन र ताली बजाउन अपिल गर्नुभएको छ ।
ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेलामा अग्रपङ्ती रहि चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेको हो ।
यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै ट्वीट गर्दै ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’ भन्नुभएको छ ।



Milan Shrestha । ३० चैत्र २०७६, आईतवार १८:५९ बजे