२ वैशाख, काठमाडौं । हिजो १ गते पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।
हिजो उनीहरुमा र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । आशंका गरिएका मध्य २ जनामाम कोरोना पुष्टी भएको छ भने १ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ जना २८ दिन अगाडी वेलायतबाट फर्किएका थिए ।



Milan Shrestha । २ बैशाख २०७७, मंगलवार १२:३८ बजे