
८ माघ, सुर्खेत । नेपाल मजदुर किसान पार्टीका नेता एवं भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनील प्रजापतिले अमेरिकी साम्रराज्यवाद नै सबै भन्दा ठूलो आतंकवाद रहेको बताउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टीको ४९ औं स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । नेता प्रजापतिले गुणस्तरहिन सडकको कारणले दिनँहु सवारी दुर्घटना भैरहेको भन्दै आज विहान सुर्खेतमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति दुर्घटनाप्रति शोक व्यक्त गर्नुभयो ।
नेता प्रजापतिले देशमा सच्चा कम्यूनिष्ट पार्टी भनेको नै नेपाल मजदुर किसान पार्टी मात्र भएको जिकिर गर्नुभयो । अहिलेको अवस्थामा नेपाली काँग्रेसले सरकारलाई विश्वासको मत दिएपछि प्रतिपक्षमा कानुन बमोजिम नेमकिपा भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “जेठ साँसदको माध्यमबाट सभामुख बन्नुभएका पशुपति सम्सेर राणाले पनि कानुनबमोजिम हाम्रो पार्टीलाई प्रतिपक्ष हो भन्न सक्नुभएन अब सभामुख चयन भैसकेको छ नयाँ सभामुखले के निर्णय लिनुहुन्छ ।” त्यसका संसद सचिवालयमा नेमकिपालाई कानुनबमोजिम प्रमुख प्रतिपक्षी दलमा नियुक्त गर्न आफ्नो पार्टीले माग दावी समेत गरिसकेको नेता प्रजापतिले बताउनुभयो ।
अब दलहरुमा लगाईएको रहेको ३ प्रतिशत थ्रेसहोल्ड हटाउनुपर्ने आवाज आफ्नो पार्टीले उठाउँदै आएको नेता प्रजापतिले बताउनुभयो । नेमकिपा सुर्खेत जिल्ला कार्य समितिका अध्यक्ष हरिबहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, उपाध्यक्ष प्रेमकुमार थापा स्वागत र सचिव धनेन्द्र बिकले कार्यक्रम संचालन गर्नुभएको थियो ।



Prawash Kumar Shakya । ८ माघ २०७९, आईतवार १४:४८ बजे