लकडाउनमा अब वीरेन्द्रनगरका अतिआवश्यकिय पसल ३ दिनमात्र खुल्ने


कुमार शम्सेर थापा

६ बैशाख, सुर्खेत । देश लकडाउन भएको समयमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अतिआवश्यकीय बस्तुको पसल दैनिक १ समय खुल्दै आएको मा अब हप्तामा ३ दिन मात्र खुल्ने भएको छ ।

आज कोभिड-१९ रोकथाम तथा नियन्त्रण व्यवस्थापन जिल्लास्तरिय कमाण्ड पोष्टका संयोजक एवं प्रजिअ रमेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अब अतिआवश्यक खाद्य पसलहरु हप्तामा ३ दिन सोमबार बुधवार र शुक्रवार विहान ७ बजेदेखि ९ बजे सम्म २ घण्टा मात्र खोलिने निर्णय गरेको छ । बैठकले तरकारी र दुग्ध जन्य पदार्थको भने प्रत्येक दिन विहान ७ बजेदेखि ९ बजे सम्म दैनिक २ घण्टा सम्म विक्री वितरणकालागि खोलिने निर्णय भएको जनाइएको छ ।

त्यस्तै बैठकले औषधी पसल र निजी अस्पताल अनिवार्यरुपमा प्रत्येक दिन खोल्ने र एम्बुलेन्समा विरामी संग १ जना मात्र कुरुवा राखी आवतजावत गर्ने व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

यि सबैको अनुगमन गर्नकालागि प्रत्येक वडा अध्यक्षको संयोजकत्वमा सुरक्षाकर्मी र उद्योग बाणिज्य संघका प्रतिनिधी हुने र सामाजिक सञ्जालमा अफहवा फैलाउनेलाई कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बनाइने बैठकले निर्णय गरेको छ ।