कोरोनाका १ जना नयाँ संक्रमित भेटिए


९ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेको बेला १ जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक यूवामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । उदयपूरका ३३ बर्षिय पूरुषको राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा मा जाँच गर्दा पोजेटिभ देखिएको  ।

कोरोना भाइरसको संक्रमणबाट हाल सम्म ३२ जना संक्रमित भैसकेका छन् भने ४ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै हाल देशभरको आइशोलेशनमा १०७ जना रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।  साथै मन्त्रालयले आयुर्वेद तथा बैकल्पिक चिकित्ससा विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले आयुर्वेदले तुरुन्तै कोभिडलाई सन्चो पर्छ भन्ने भ्रम सिर्जना नगर्नहुन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । साथै उहाँले घरमा नै पाइने जडीबुटीहरुलाई नियमित सेवन गर्न अनुरोध गर्नुभयो ।