डुङ्गेश्वरमा बौद्धको गोष्ठी


baudha

११ असार । बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा संचालित लघुवित्त कार्यक्रम अन्तरगत दैलेखको डुङ्गेश्वरमा त्यस क्षेत्रका केन्द्र प्रमुख गोष्ठि कार्यक्रम आज सम्पन्न भएको छ ।

संस्थाको लघुवित्त कार्यक्रम अन्तरगत गठन गरिएका केन्द्रका केन्द्र प्रमुखहरुलाई संस्थाको निति नियम तथा प्रमुखको काम, कर्तब्य र जिम्मेवारी बिषयमा मुख्य रुपमा जानकारी गराउनकालागि कार्यक्रम आयोजना गरिएको संस्थाका बरिष्ठ प्रबन्धक विशाल केसीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी डुङ्गेश्वर गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष बमबहादुर वि.सी.ले संस्थाले केहि गर्न चाहने गरीव जनताहरुलाई उनीहरुको घरघरमा गई सस्तो शुलभ व्याजदरमा कर्जा तथा बचत गर्ने सुविधा उपलब्ध गराएर उदाहरणीय काम गरेकोमा संस्थालाई धन्यवाद दिदै आउदा दिनहरुमा संस्थालाई स्थानिय निकायबाट दिनुपर्ने सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता जनाउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष पंच सिं रोकायाले संस्थाले दिने सेवा सुविधामा दैनिक रुपमा सुधार गर्दै गईरहेको र सदस्यहरुलाई थप गुणस्तरीय वित्तिय सुविधा उपलब्ध गराउदै सदस्यहरुको उज्जवल भविष्य निमार्णका लागि सदैव लागि पर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमको सहजिकरण संस्थाका उपशाखा प्रबन्धक श्री बल बहादुर के.सी.ले गर्नुभएको थियो ।