विद्युत प्राधिकरणले २ करोड थान एलइडी बल्ब बाँड्दै


२ सय मेगावाट बिजुलीसँगै ४० अर्बको खर्च बच्ने

११ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्काल २ करोड थान एलइडी बल्ब आफ्ना ग्राहकलाई वितरण गर्ने भएको छ । यसबाट राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्ने भने राज्यको ४० अर्ब बराबर बचत हुनेछ ।

प्राधिकरणले आफ्ना ग्राहकलाई सुपथ मूल्यमा एलइडी बल्ब उपलब्ध गराउनेछ । गुणस्तरीय यो बल्बको मूल्य बजारमा उपलब्ध बल्बहरुभन्दा निकै सस्तो पर्नेछ । यो २ करोड बल्बमध्ये पहिलो लट अबको १५ दिनभित्रै काठमाडौं आइपुग्नेछ ।

केही साताअघि काठमाडौंमा भएको नेपाल-भारत उर्जा सचिव स्तरीय बैठकमा भारतले नेपाललाई सुपथ मूल्यमा यस्तो बल्ब उपलब्ध गराउन सहमति दिएको थियो ।

अब भारत सरकार स्वामित्वको ईईएसएल कम्पनीले ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई २ करोड थान बल्ब सहुलियत रेटमा केही साताभित्रै उपलब्ध गराउने भएको छ ।

यस्तै ऊर्जा बचत गर्ने विभिन्न परियोजना सफल भएका कारण बिजुलीको माग घटाएर सम्भावित ऊर्जा संकटलाई भारतले पार लगाइरहेको छ ।

बजारको भन्दा ३ गुणा सस्तो

अब यस्तै उदेश्यसहित नेपाल आउने एलइडीलाई भारतले उपलब्ध गराउने मूल्य र आपूर्ति लागतकै आधारमा उपभोक्तालाई वितरण गरिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । २ करोड बल्बहरु नै २० वाट क्षमताका हुनेछन् ।

प्राधिकरणले उभोक्तालाई साधारण सीएफएलभन्दा कम बिजुली खपत गरेर उच्चस्तरको प्रकाश दिने एलइडीको प्रयोगमा प्रोत्साहित गर्न लागेको हो ।

प्राधिकरणबाट यो बल्ब किन्दा उपभोक्तालाई बजारको भन्दा ३ गुणा सस्तो पर्नेछ । यसमा ३ वर्षको ग्याररेन्टी पनि हुने भएकाले उपभोक्ताहरु ठगिनु नपर्ने र सुपथ मूल्यमा बल्ब पाइने प्रवक्ता अधिकारीले बताए ।

२ सय मेगावाट विजुली बचत

एलइडी बल्बको प्रयोगले बिजुली कम खपत हुने र त्यसले बिजुलीको लोड व्यवस्थापनमा सहयोग पुग्ने बताए । २ करोड वटा एलइडी बल्ब सिस्टममा जोडिँदा झण्डै २ सय मेगावाट बिजुली बचत हुनेछ ।

सीएफएलभन्दा कम विजुली खाने र बढी प्रकाश दिने भएकाले यसलाई प्राधिकरणले आफैंले प्रवर्द्धन गर्न लागेको हो ।

अहिले २ सय मेगावाटको एउटा आयोजना बनाउने हो भने ४० अर्ब खर्च हुन्छ । ‘यो २ करोड बल्ब बल्न थालेपछि राज्यको ४० अर्ब रुपैयाँ बचत भएको बराबर नै हो’ अधिकारीले भने,’विजुलीको बचतले हामीले भोगिरहेको ऊर्जाको समस्यामा पनि राहत दिन्छ ।’

उपभोक्तालाई पनि फाइदा

एलइडीको प्रयोगले उपभोक्तालाई पनि फाइदा हुनेछ । प्राधिकरणले एलइडीको महत्व उपभोक्तालाई बुझाउन पनि यो वितरण्को अभियान थाल्न लागेको हो ।

‘यो बल्बले उपभोक्ताको बिजुली खर्च पनि घटाउँछ, यसले सबैलाई फाइदा नै गर्छ’ अधिकारीले भने-‘ हामी उपभोक्ताको हितकै लागि यो काम गर्दैछौं । यसमा उर्जाको संकट निवारण गर्ने योजना पनि सँगै छ ।’

यसअघि फिलामेन्ट बल्ब विस्थापन गर्न प्राधिकरणले उपभोक्तालाई सीएफएल बल्ब वितरण गरेको थियो । सो अभियानपछि सिएफल प्रयोग ह्वात्तै बढेको थियो ।

सीएफएलपछि एलइडी बल्ब त्यो भन्दा प्रभावकारी रुपमा आयो । अब एलइडी बल्बमा उपभोक्तालाई आकषिर्त गर्न र यसको महत्व र विशेषताबारे बुझाउन भारतबाटै ल्याएर भएपनि वितरण गर्ने योजना बनेको उनको भनाइ छ ।

‘वितरण गरेको एलइडी बल्बको शुल्क बिजुलीको बिलमै समावेश गर्ने योजनामा छौं । यसबाट उपभोक्तालाई पनि सहज हुन्छ’ यसअघि अनलाइनखबरसँग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भनेका थिए ।

के हो एलइडी बल्ब ?

एलइडी बल्बको मुख्य विषेशता भनेकै कम बिजुली खपत गरेर पनि गतिलो प्रकाश दिनु हो । यसले ४ गुणासम्म बजिुली बचत गर्छ । १५ वाटको सिएफएलले दिने बराबरको प्रकाश ५ वाटको एलइडीले दिन्छ । यो हुनासाथ उपभोक्ताको मासिक बिजुली बिल पनि महंगो हुँदैन ।
बजारमा विभिन्न ब्राण्डेड र साधारण गरी दुई प्रकारका एलइडी बल्ब किन्न पाइन्छ । ब्राण्डेड बल्बमा १ वर्षको ग्यारेन्टी पाइन्छ भने साधारण बल्बमा ग्यारेन्टी हुँदैन ।

फाइबरले बन्ने एलइडी बल्ब साधारण रुपमा झर्दा पनि फुट्दैन । बजारमा ३ देखि ५० वाटसम्मका एलइडी बल्ब बजारमा सहज रुपमा उपलब्ध छन् । मूल्य पनि सीएफएल बल्बभभन्दा धेरै महंगो पर्दैन । सीएफएल भन्दा एलइडी बल्ब बढी टिकाउ पनि हुन्छ ।

एकपटक एलइडी किनेका उपभोक्ता फेरि सिएफएलमा हत्तपत्ति फर्किँदैनन्, किनभने यो निकै उपयोगी र किफायती हुन्छ । यसले बिजुलीको महशुल पनि घटाउँछ । यसको प्रयोगले उपभोक्तालाई फाइदा नै फाइदा छ ।

के हो बोआओ फोरम ?

बोआओ फोरम फर एशिया (बिएफए) एउटा गैरनाफामुलक संगठन हो जसले एशिया र अन्य महादेशका सरकारी, व्यवसायिक एवम् प्राज्ञिक नेताहरुका लागि यो क्षेत्र र समग्र विश्वका जल्दाबल्दा मुद्दाहरुमाथि छलफल गर्न मञ्च प्रदान गर्छ ।

यसको प्रधानकार्यालय चीनको हाइनान प्रान्तस्थित बोआओमा रहेको छ भने सचिवालय बेइजिङमा रहेको छ । बोआओ शहरको नामबाटै यस फोरमको नामाकरण गरिएको हो जुन सन् २००२ देखि यो फोरमको स्थाई वाषिर्क सम्मेलनस्थलका रुपमा रहेको छ ।

यस फोरमले क्षेत्रीय आर्थिक साझेदारी प्रवर्द्धन गर्नुका साथै एशियाली राष्ट्रहरुलाई उनीहरुको विकास लक्ष्यसँग नजिक्याउने ध्येय बोकेको छ ।

स्वीट्जरल्याण्डको डाभोसमा वाषिर्करुपमा आयोजना हुने वल्र्ड इकोनोमिक फोरममा बिएफएको रुपरेखा कोरिएको थियो । सन् १९९८ मा फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल भि रामोस, अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बोब हाक र जापानका पूर्वप्रधानमन्त्री मोरिहिरो होसोकावाले फोरमको गठन गरेका थिए । बोआओ फोरम फर एशियाको औपचारिक उद्घाटन भने २००१ को फेबु्रअरीमा भयो । एशिया र अष्ट्रेलियाका २६ राष्ट्रहरु संस्थापकका रुपमा रहेका थिए । संगठनको पहिलो वैठक १२-१३ अपि्रल, २००२ मा भएको थियो ।

बिएफएमा हुने छलफलहरु मुलतः आर्थिक साझेदारी, समन्वय, समाज तथा वातावरणमा केन्दि्रत हुने गर्छ । विगतमा यस फोरमले चीनको विश्व व्यापार संगठनमा प्रवेशदेखि लिएर ९० को दशका क्रममा दक्षिणपूर्वी एशियाको आर्थिक संकटका विषयमा छलफल गरेको थियो ।
यसको वािर्षक वैठकका अतिरिक्त बिएफएले एशियाली मुद्दाहरुसँग सम्वन्धित अन्य फोरम तथा वैठकहरुको प्रायोजनसमेत गर्छ ।

साभारः अनलाइनखबर