विशेष सुरक्षा अपनाई सरकारी कार्यालय संचालन गर्दछौंः प्रमुख सचिव पाण्डे


प्रवाशकुमार शाक्य / मिलन श्रेष्ठ
१२ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारणले सरकारले देश लकडाउनमा राखेको वेला कर्णाली प्रदेश सरकारले बिशेष सुरक्षा अपनाएर सरकारी कार्यालय संचालन गर्ने भएको छ ।

बर्षातको समय शुरु हुनलागेको साथै आर्थिक वर्षको अन्त्य  पनि हुन लागेको कारण बार्षिक कार्यक्रमहरु तय गर्नुपर्ने भएकाले पनि विशेष सुरक्षा अपनाएर सरकारी कार्यालय संचालन गर्ने तयारी गरिएको हो । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस कसैलाई पनि नदेखिनु शुभ संकेत भएकोले लकडाउनलाई अलि खुकुलो गराएर सरकारी कार्यालयहरु खोल्ने निर्णय भएको बताइएको छ ।

यस्तै सरकाले अलपत्र परेका नागरिकलाई गन्त्वय सम्म पुर्याउने पनि जनाएको छ । प्रदेश सरकार प्रमुख सचिव टेकनारायण पाण्डेले लकडाउन भएको एक महिना भइसकेको र हाल सम्म धेरै कामहरु रोकिएकाले विशेष सुरक्षा अपनाई सरकारी काम अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, काठमाण्डौँ लगायतका अन्य जिल्लाबाट अलपत्र र अप्ठ्यारोमा परेका  नागरिकहरुलाई ल्याई बिचैमा छोडिएको हुनाले उहांँहरुलाई गन्त्व्यमा पुर्याउन कै लागि भए पनि प्रदेश सरकारले लकडाउनमा खुकुलो गरेको हो । ‘हाल यस प्रदेशमा आफ्नो हिसाबले बसि रहनु भएको सर्वसाधारणलाई उठाउन खोजेको होईन । यदि कुनै कृषकले बर्षा शुरु भयो मेरो खेती गर्नु पर्ने छ म पनि जान्छु भन्नेलाई पनि पठाउन खोजेको पक्कै होईन ।’ प्रमुख सचिव पाण्डेले भन्नुभयो ।

लकडाउन खोली दिए हुन्छ सरकार

यसैवीच कर्णालीका नागरिकहरुले यस्तै हो भने लकडाउन खोल्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

“हैन कति दिन नागरिकले लकडाउनमा अटेर गरे भनेर समाचार हेर्न ? जब जनता नै रोग सँग डराउँदैनन् भने लकडाउन खोली दिए हुन्छ । यहाँ राहत र नागरिकलाई घर तर्फ पठाउने नाममा राजनिति शुरु भएको छ । पावर र पहुँच भएकाहरुले नागरिकलाई सेवा दिएको अनुभव गराई रहेकाछन् यदी यस्तै हो भने लकडाउनको कुनै अर्थ छैन् ” स्थानीय घनश्याम कार्की भन्नुहुन्छ ।

त्यस्तै अर्का स्थानीय रवि लामिछाने भन्नुहुन्छ । ‘लकडाउन जनताकालागि हो यहाँ जनताले लकडाउनको पालन कतिको गरिरहेका छन् त्यो अनुगमन निकाय त बनेको छ नी तर खै अनुगमनकर्ताहरु? यस्तै हो भने लकडाउन खोली दिएहुन्छ सरकार