७ भाद्र,सुर्खेत । संविधान सभाको दोश्रो निर्वाचन सम्पन्न पश्चात यहि मसिर ४ गतेका दिन मुलुकमा प्रदेश र प्रतिनिधिसभाका लागि निर्वाचन घोषणा भएसँगै देशमा चुनावी मावलको बढ्दै गएको छ। विभिन्न पार्टिका विभिन्न नेताहरू चुनावी मावलमा जुटिसक्नु भएको छ । यसै बिचमा सर्लाहीमा चुनावी माहोल बढेकै बेला सर्लाही निर्वाचन क्षेत्र नं.२ (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टीका संभाबित उम्मेदवार हुसैन खानको नाम चर्चामा रहेको छ ।
यती बेला खान चुनावी रणनीति सहित काठमाडैमा पार्टिका शिर्ष नेता संग भेटवार्तामा जुटिसक्नु भएको छ । खान बिगत देखिनै उक्त दलमा सक्रिय रुपमा देखिनु भएको छ ।जिल्ला उपाध्यक्ष खानले आफ्नो उम्मेदवारी घोषणा गरे देखि नाम चर्चामा रहको छ ।
निर्वाचन क्षेत्र नं.२ (ख) को कौडेना गाउँपालिका वडा नं.५ छपकहियाँ निवासि हुसैन यूवाहरु राजनितिमा पछाडि पारीएकोले यूवाहरुको प्रतिनिधित्व गर्न आफुले उम्मेदवारी दिन लागेको बताउनु भयो । वहाँले जिल्लाकै पुरानो नगरपालिक मलंगवा पनि यही क्षेत्र पर्ने भएको र मलंगवा समुचित बिकास हुन नसकेको बताउदै हुसैन आफु यस क्षेत्रको समुचित बिकासको लागि अहोरात्र खटने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
हुसैन यस अघि तराई मधेश प्रवासि संघ कतारका संस्थापक अध्यक्ष ,एन।आर।एन कतारका केन्द्रिय महाधिबेसन प्रतिनिधि तथा सल्लाहकार समेत रही सक्नु भएकोछ ।



News Desk । ७ भाद्र २०७९, मंगलवार १२:०३ बजे