वीरेन्द्रनगरको ९ नं. वडा कार्यालय स्थापना


IMG_20170615_080204
१ असार २०७४ सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ९ न‌ं. वडा कार्यालय आज एक कार्यक्रमको आयोजना गरि स्थापना गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका नव निर्वाचित नगरप्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकालले संयूक्त रुपमा पानसमा दियो बाली उद्घाटन  गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख सुबेदीले आफ्नो कार्यकालमा सबै संग हातेमालो गर्दै वीरेन्द्रनगरलाई समुन्त शहर बनाउन आफ्नो समूह लागि पर्ने बताउनुभयो ।

sss

त्यस्तै कार्यक्रमका विशेष अतिथी उपप्रमुख ढकालले वीरेन्द्रनगरको विकासलागि आफुहरु जुन पार्टीबाट जितेर आएपनि जनताको प्रतिनिधी भएको कारणले वीरेन्द्रनगरको विकासकालागि डाटामा मात्र सिमित नभै सबै संग मिलेर एकै ढिक्का भई वीरेन्द्रनगर शहरको विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा ९ नं. वडाका नवनिर्वाचित अध्यक्ष सुरेश मानन्धरले आफ्नो वडा सुर्खेत जिल्लामै ऐतिहासिक वडा भएकोले यहाँको विकासकालागि सम्पूर्ण वडाहरुको सरसल्लाह सुझाव लिई काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

ss

कार्यक्रममा वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धर, अधिवक्ता ध्रुव श्रेष्ठ, अधिवक्ता विद्याभुषण मानन्धर, नेकपा एमालेका ऋषी गिरी, माओबादी केन्द्रका ‌ओदानसिंह कार्की, नेमकिपाका ज्ञानबहादुर रावत, नेपाल महिला संघका केन्द्रिय कोषाध्यक्ष जानकी सिंह, सुर्खेत उपत्यका नगर विकास समितका अध्यक्ष नारायणकुमार कोइराला, नेपाल काँग्रेस वडा नं ९का सभापती लोकबहादुर विसी, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापती डम्म‍रविक्रम जिसी लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो ।

वडा सदस्य जीवन शर्माले स्वागत गर्नुभएको कार्यक्रमको संचालन वडा सचिव देव मुलेल गर्नुभएको थियो ।

aa

यसैविच सोही वडाकी ७५बर्षिया बृद्ध कालिदेवी क्षेत्रिनीलाई बृद्धभत्ता सिफारिस गरि कार्य संचालन शुभारम्भ गरिएको वडा अध्यक्ष मानन्धरले बताउनुभयो ।