डा. केसीको चेतावनीः माइतीघरको निषेधाज्ञा तोड्नु कर्तव्य सम्झन्छौं


फाइल फोटो

७ वैशाख, काठमाडौं । प्रा. डा. गोविन्द केसीले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न रोक लगाएकोमा विरोध गरेका छन् ।

यो कुटिल र प्रतिगामी निर्णय भएको भन्दै उनले तत्काल सच्याउन सरकारलाई आग्रह गरेका छन् । नभए माइतीघरको निषेधाज्ञा तोड्नु आˆनो कर्तव्य सम्झने उनको चेतावनी छ ।

डा. केसीले शुक्रबार विज्ञप्ति निकालेर तल्लो निकायले खेलाँचीपूर्वक त्यस्तो संवेदनशील निर्णय लिएको भए त्यसलाई सच्याउने निर्देशन दिन सरकारलाई आग्रह गरेका छन् ।

नयाँ सरकारले सोचविचार गरेरै ‘आम नागरिकको आवाज बलजˆती थुन्न’ निर्णय भए विगतका राजनीतिक परिवर्तनमा आम नागरिकले खेलेको भूमिका स्मरण गर्न आग्रह गरेका छन् ।

‘यदि सीमित नेता र तिनका वरिपरिका मानिसहरुका कारण मात्रै समाज र देश धानिएको तथा समाजलाई अघि बढाउन आमनागरिकको कुनै भूमिका नभएको, उनीहरुको आवाज सुनुवाइ हुनुनपर्ने र प्रदर्शन गरे दमन गर्ने गुरुयोजनासहित निषेधित क्षेत्रको निर्णय लिइएको हो भने त्यस्ता निषेधाज्ञा तोड्नुलाई हामी आˆनो कर्तव्य सम्झन्छौं ।’

अभिव्यक्ति स्वतन्त्रतमाथि सरकारी हस्तक्षेपविरुद्ध निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने डा. केसीको चेतावनी छ ।

उनले माइतीघर मण्डलानमा निषेधित क्षेत्र घोषणा गर्दा सडक सफा राख्ने वा ट्राफिक व्यवस्थापन सहज बनाउनु जस्ता काइते तर्क देखाइनु लाजमर्दो भएको बताएका छन् ।

त्यस क्षेत्रमा हुने प्रदर्शनका कारण कुनै समस्या भएको भए समाधान गर्न सघाउने डा. केसीले बताएका छन् ।

साभारः अनलाइनखबर