भालुको आक्रमणबाट कालिकोटका कर्णबिर शाही घाईते


कालिकोट : भालुको आक्रमणबाट कालिकोटमा एक जना गम्भीर घाईते भएका छन् । आक्रमणबाट नरहरिनाथ गाउँपालिका ९ लालु गडिगाउँका कर्णबिर शाही गम्भीर घाईते भएका हन् । आइतवार बेलुका मकै बारी गएको बेला शाहीलाई भालुले आक्रमण गरेको हो ।
भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीका सुर्खेतमा थप उपचार भईरहेको वडाध्यक्ष जोरबहादुर शाहीले बताए । ‘शाहीलाई गाउँमानै भालुले आक्रमण गरेको हो ।’ उनले भने,‘शाहीको अवस्था गम्भीर छ । थप उपचारका लागि सुर्खेत लगिएको छ ।’
गाउँमा नै भालु पसेको कारण गाउँलेहरु त्रसित भएको वडाध्यक्ष शाहीले बताए । ‘गाउँमा मकै प्रसस्त हुन्छ । मकै खान भालु गाउँमा पसेको हुनुपर्छ ।’ उनले भने,‘अहिले गाउँलेहरु निकै त्रसित भएका छन् ।’

साभारःसदरलाईनखबर ।