कोपिला भ्याली अब कोभिड १९ को स्वास्थ्य सेवामा पनि


६ असार, सुर्खेत । कोरोना भाइरसक कोभिड १९ को रफ्तार कर्णाली प्रदेशमा तिब्रगतिमा बढेसंगै क्वारेन्टाइनमा रहेका नागरिक तथा सिमाबाट नागरिकहरुलार उद्दार गर्दै आएको कोपिला भ्याली सेवा समाजले अब कोभिड १९ को स्वास्थ्य क्षेत्रमा पनि सहयोगी हात बढाएको छ ।

कोपिला भ्यालीले प्रदेश सरकारको समन्वयमा सरकारलाई आर्थिक दायित्व भार नपर्ने गरि दैलेखको महाबु गाँउपालिका, नौमुले गाँउपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिका ८ जना तथा सुर्खेतको चौकुने गाँउपालिका र गुर्भाकोट नगरपालिकामा ४ जना गरि १२ जना स्वास्थ्यकर्मी स्वयम् सेवक परिचालन गरेको छ ।

स्मरण रहेको अमेरिकी नागरिक सन् २०१५ की सिएनएन हिरो विजेता म्यागी डोयनले सुर्खेतमा कोपिला भ्याली सेवा समाजबाट विभिन्न सामाजिक काम गर्दै आउनुभएको छ । साथै यो कोभिड १९ को महामारीमा कर्णाली प्रदेशको सबै क्वारेन्टाइनमा सहयोग गर्दै आउनुभएको छ ।