नेराआवि खजुरा सुर्खेतको परिक्षाको नतिजा प्रकाशन


१६ बैशाख, सुर्खेत । नेपाल राष्ट्रिय आधारभूत विद्यालय वीरेन्द्रनगर ८ खजुरा सुर्खेतले शैक्षिक सत्र २०७६ काे वार्षिक परिक्षाकाे नतिजा प्रकाशन गरेको छ ।

विद्यालयले बालविकास देखि ३ कक्षा सम्मको निरन्तर विद्यार्थी मूल्याङ्कन बाट र कक्षा ४ देखि ७ सम्मको नतिजा प्रकाशन गरेकाे जनाएको हो । विद्यालयले हाललाई विद्यालयको नतिजा प्रकाशन भए पनि विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण देशव्यापी रूपमा लकडाउनकाे अवस्था भएको हुँदा बिद्यार्थीहरुलाई घरमै बसि पठनपाठनलाई निरन्तरता तथा अभिभावकहरुले पठनपाठनको लागि उपयुक्त वातावरण मिलाई दिनु अनुरोध गरेको छ ।

विद्यालयको नतिजा सम्बन्धी थप जानकारी आवश्यक परेमा कक्षा १ कालागि सावित्रा सुबेदी ९८४८०३२२४४ कक्षा २ कालागि तिला श्रेष्ठ ९८४८०४७११७ कक्षा ३ कालागि टीका भण्डारी ९८४८०४१४९० कक्षा ४ र ५ कालागि कमला सुबेदी ९८४८०५१६५५ कक्षा ६ र ७ सुवास ज्ञवाली ९८४८०३८५९३ मोबाइल नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।