तीन दिने प्रशिक्षण पुनर्ताजगी तालिम


मिलन श्रेष्ठ
फागुण,०८,सुर्खेत ।
यू.एस.ए.आईडिको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापनमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रमको वित्तिय सेवा अन्तर्गत संचालित वित्तिय साक्षरता सहजकर्ताहरुलाई तीन दिने प्रशिक्षण पुनर्ताजगी तालिम वीरेन्द्रनगरमा संचालन भएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा, कार्यक्रमका बिशेष अतिथि केन्द्रिय वित्तिय सेवा प्रबन्धक अनिल नेपालले, तालिमको उद्देश्यका बारेमा जानकारी दिदै, परियोजना शुरु भए देखि हाल सम्म वित्तिय साक्षरताले गाउ स्तरमा भएको सकरात्मक परिवर्तनका बारेमा समेत जानकारी दिएका थिए । नेपालले, हाल वित्तिय क्षेत्रमा कार्य गर्ने विभिन्न संघ–संस्थाहरुले वित्तिय साक्षरताको आवश्यकता रहेको महशुश गरिरहेको बारेमा जोड दिए ।


सुन्दरनेपाल संस्थाका अनुगमन तथा मूल्यांकन निर्देशक शिव राज जैसीको सभापतित्वमा सम्पन्न कार्यक्रमा पहल परियोजनका वरिष्ठ क्षेत्रिय वित्तिय सेवा अधिकृत विश्व श्रेष्ठ, जिल्ला संयोजक भिमराज वास्तोलाको आथित्यता रहेको थियो ।
यसै गरी सुर्खेतको वीरेन्द्रनगरमा संचालित ३ दिने पुनर्ताजगी तालिमा रुकुम, जाजरकोट, दैलेख र सुर्खैतका गरी २४ जनाको सहभागीता रहेको तालिममा रुकुम जिल्लाका वित्तिय सेवा अधिकृत पवनजंग मल्ल, जाजरकोटका मोहन सिंह वुढा, दैलेखका चन्द्र प्रसाद शर्मा र सुर्खेतका मिलन श्रेष्ठले सहजीकरण गरेको तालिममा केन्द्रिय प्रबन्धक अनिल नेपाल र वरिष्ठ क्षेत्रिय अधिकृत विश्व श्रेष्ठको प्राविधिक सहयोग रहने छ ।