कर्णालीमा कोरोनाका २६ जना संक्रमित पुष्टी (अपडेट)


१२ असार, सुर्खेत । कर्णालीमा कोरोनाको कहर आज थप २६ जनामा पुष्टी भएको छ ।

नयाँ पुष्टी भएका संक्रमितहरु सुर्खेतका १३ जना, दैलेखका ५ जना, सल्यानका ३ जना, जाजरकोटका २ जना तथा मुगु काठमाडौं र जुम्लाका १ /१ जना रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

त्यस्तै आज दैलेखबाट ९ जना पुरुष सुर्खेतबाट १६ जना पुरुष र ३ जना महिला अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । कर्णालीमा हाल सम्म अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७२० पुगेको छ । त्यस्तै कोरोनाबाट कर्णालीमा ज्यान जानेको संख्या ६ पुगेको छ।

यसैवीच आज अधिराज्यभरमा थप ५९३ जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितहरुको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।