
१७ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को महामारीले देश लकडाउनमा भएको बेला बर्दियाबाट सुर्खेतको पश्चिम रानीघाट हुँदै जुम्ला तर्फ हिडेका ५ जनालाई आज एउटा आश्रममा राखिएको छ ।
लायन्स क्लब एरिया ६ कर्णाली प्रदेशका भद्र भण्डारी किशोर रेग्मी विनु सिं भास्कार र उद्योग बाणिज्य संघका महासचिवको पहलमा ५ जनालाई लोक दोहोरी प्रतिष्ठानको आश्रममा राखिएको विनु सिं भास्करले बताउनुभयो ।
गत चैत्र ८ गते सिन्धुपलाञ्चोकबाट बस मार्फत बर्दिया आफन्तको आइ बस्नु भएका हिडेरै जुम्ला घर जान आज सुर्खेतको रानीघाट हुँदै आइपुग्नुभएका ५ जनालाई आज बाङ्गगेसिमलबाट खाजा खुवाएर क्वारेन्टाइन खाली नभएकोले लोक दोहरी प्रतिष्ठानको आश्रममा राखिएको भास्कारले जानकारी दिनुभयो ।
आश्रममा जुम्ला हिमा गाँउपालिकाका २ का अनिल रोकाय, सिंजा ५ का मानबहादुर मल्ल, कनकासुन्दरी ३ का जोखे मल्ल नरेश बुढा र मानबहादुर बुढा रहेको भास्कारले बताउनुभयो । बर्दियाबाट हिडेर आएका यूवाहरु राती कतै बास नपाएपछि रानीघाट स्थित एउटा गोठमा पालैपालो पहरा दिएको बसेको थिए ।



Prawash Kumar Shakya । १७ बैशाख २०७७, बुधबार १९:५१ बजे