⋅
फागुन ५, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री निर्वाचित भएको ३ वर्षपछि पूर्व एमाले निकटका व्यक्तिलाई आफ्नो सचिवालयमा ल्याउनु भएको छ ।उ हाले यसअघि नियुक्त गर्नु भएका सबै सल्लाहकार, सचिवालयमा पूर्व माओवादी निकटका युवाको नै वर्चश्व थियो ।
मुख्यमन्त्री शाहीले खाँडाचक्र नगरपालिका कालिकोटका पूर्व एमाले निकट हाल प्रचण्ड–माधव पक्षका नेकपा जिल्ला कमिटी सचिवालय सदस्य रविन्द्र शाहीलाई आज नियुक्त गर्नु भएको हो । यस अघी उहाँको स्थानमा सुमन शाही हुनुहन्थो ।
यस्तै मुख्यमन्त्री शाहीले प्रमुख स्वकीय सचिवमा कृष्ण आचार्यलाई नियुक्त गर्नु भएको छ । उहाँ स्थानीय तहको निर्वाचत अघि तत्कालिन नेकपा एमालेको जिल्ला संगठन विभाग प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । गाउँपालिका अध्यक्षको जिम्मेवारी नपाएपछि उहा रुष्ट भएर तत्कालिन नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको बताइएको छ ।
त्यस्तै जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विश्वकर्मा ‘विकल्प’ नियुक्त हुनु भएको छ । उहाँ मुख्यमन्त्री शाहीको निर्वाचन क्षेत्र नरहरीनाथ गाउँपालिकाका हुनुुुुुुहुन्छ । उहाको स्थानमा यसअघि जनकनाथ योगी हुनुहुन्थ्यो। उहा पूर्व माओवादी केन्द्रकै कार्यकर्ता हुनुहुन्छ ।



Milan Shrestha । ५ फाल्गुन २०७७, बुधबार २२:०९ बजे