४६ ग्राम ब्राउनसुगर सहित ४ जना पक्राउ


बैशाख,१८ । जिल्ला प्रहरी कार्यालय बर्दियाले लागु औषध ब्राउन सुगर सहित ४ जना युवालाई पक्राउ गरेको जनाएको छ । बुधबार बेलुका बा १२ च ६२९९ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा ४६ ग्राम ४३० मिलि ग्राम लागु औषध ब्राउन सुगर बरामद गरीएको प्रहरीले जनाएको छ ।

ब्राउन सगुरको अबैध कारोबार तथा ओसार पसार भईरहेको सुचनाका आधारमा प्रहरीको बिशेष गस्ति टोलीले गुलरिया नगरपालिका वडा नं।६ स्थित जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेट अगाडी गाडीसहित उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरुमा टिकापुर नगरपालिका वडा नं। १ बस्ने राजन रावल लम्की चुवा नगरपालिका वडा नं। ५ बस्ने रोशन कडायत दैलेख दुल्लु नगरपालिका वडा नं। ७ बस्ने आकाश शाह र टिकापुर नगरपालिका वडा नं। ९ बस्ने रमेश न्यौपाने रहेको जिलला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई हिरासतमा राखि आवश्यक अनुसन्धान सुरु गरीएको छ ।