सुर्खेत बजार पूर्ववत् रुपमा नै संचालन हुने(सूचना सहित)


मिलन श्रेष्ठ
२० जेठ, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज एक सुचना जारी गरी ,सुर्खेत बजार पुर्ववत् रुपमा नै संचालन हुने जानकारी दिएको छ ।

प्रशासनका अनुशार उधोग बाणिज्य संघ सुर्खेतले आज प्रेस विज्ञप्ती जारी गरी भोली बुधबार देखि पुर्ण रुपमा व्यवसायहरु संचालन गर्न आग्रह गरे पश्चात जिल्ला प्रशासन कार्यालय सुर्खैतमा आज नै उधोग वाणिज्य संघ सुर्खेत र केहि व्यवसायीहरु संग छलफल गरि पुर्ववत् रुपमा नै संचालन गर्ने बारेमा सहमति भएको छ ।

आज जारी सुचनामा सुर्खेतमा भएको दुई पक्ष बिचको सहमति अनुशार नेपाल सरकारबाट मिति २०७६ साल चैत्र ११ गते देखि कोभिड–१९को संक्रमणबाट बच्न लागु गगरेको लकडाउन कार्यान्वयनको क्रममा व्यवसायी माथि पर्न गएको असरको बारेमा आगामि दिनमा थप छलफल अगाडी बढाउने समेत जानकारी दिईएको छ ।