कर्णाली प्रदेशका सबै नाका सिल


२२ बैशाख, सुर्खेत । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै  कर्णाली प्रदेश सबै नाका १ साताकालागि पूर्णरुपमा सिल भएको छ ।

आज बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को वैठकले छिमेकी प्रदेशको जिल्ला बाँकेमा देखिएको कोरोनाको संक्रमणको अवस्थालाई ध्यानमा राख्दै नाका पूर्णरुपमा सिल गरेको हो । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रदेशका २५ स्थानमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय समेत गरेको छ ।