बजारिकरण गरिदिन जनजातीहरुको माग


received_1109545019089395अशोक राजी

२९ जेठ सुर्खेत । सुर्खेतआदिवासी जनजातीहरुले आफ्‍नो जातिय पहिचान झल्काउनुका साथै आर्थिक बृद्धिदरका लागि तयार गरिएका विभिन्न सामाग्रीहरुको बजार व्यवस्थापन गरिदिन सम्बन्धित निकायहरुसंग माग गरेका छन ।

नेपाल आदिवासी जनजाती महासंघ वीरेन्द्रनगर नगर समन्वय परिषद सुर्खेतले आयोजना गरेको १ देखि २० वडाको संयुक्त अभिबृद्धि तथा आयआर्जन सीपमुलक तालिम समापनका सहभागीहरुले यस्तो माग गरेका हुन ।

तालिम पश्चात विभिन्न सामाग्रीहरुमा पछौरा, स्विटर, रुमाल, ढकिया, झोला, गमला लगायतका समाग्रीहरु बनाउन सिकेको र यसलाइ बजारिकरण गर्न असजिलो भएकाले सम्बन्धित निकायले विशेष पहल गरिदिन आग्रह गरेका हुन ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शreceived_1109546725755891र्माले निर्माण गरिएका समाग्रीहरुलाइ बजारिकरण गर्नमा कुनै असजिलो नभएकाले सरोकारवालाहरुसंग सहकार्य गरि कार्य गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रमुख अथितिसमेत रहनुभएका कार्यकारी अधिकृत शर्माले आदिवासी जनजातीहरुले निर्माण गरेका हाते समाग्रीहरु प्रति खुशि व्यक्त गर्दै यसलाइ निरन्तरता दिन शुभकामना समेत दिनुभयो ।

एउटा जिल्लाकै चिनारीका रुपमा विभिन्न सामाग्रीहरु निर्माण भएको अवस्थामा यस सामाग्रीहरुले आदिवासी जनजातीहरुको मात्र चिनारी नभएर जिल्लाकै चिनारी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

यस्तै नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका का.वा.अध्यक्ष जीवनकुमार शाक्यले आदिवासी जनजातीहरुका लागि छुट्‍याइएका बजेटहरु वितरणमा कुनै कन्जुस्यार्इ नगर्न आग्रह गर्नुभयो ।

कनिका छर्के जस्तो बजेट दिएर आदिवासी जनजातीहरुलाइ कुनैपनि कार्यक्रम गर्दा निरासा जस्तो नपार्न सम्बन्धित निकायलाइ सुझाव दिदै का.वा.शाक्यले अवको समयमा सिलाइ कटाइ बुनाइ जस्ता कार्यक्रमलाइ परिमार्जन गर्दै आधुनिक तफ जान पनि आग्रह गर्नुभयो ।

यसैगरि नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश पौडेलले आदिवासी जनजातीहरुले तयार गरेका सामाग्रीहरुलाइ तत्काल बजार व्यवस्थापन तफ लैजान सुझाव दिनुभयो ।

बजार व्यवस्थापनले आदिवासी जनजातीहरुकै आर्थिक बृद्धिदरमा टेवा पुग्नेमा विश्वास दिलाउनुभयो ।

आदिवासी जनजाती जिल्ला समन्वय समिती जिविसका उपाध्यक्ष पुर्णबहादुर रानाले हामी आदिवासी जनजातीहरु हरपल हरबखत आफ्‍ना पहिचानसहितका कार्यक्रमहरु सिर्जना गरि अगाढी बढ्‍न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापती देवकुमार सुवेदीले आदिवासी जनजातीहरुले उठाएका मागहरु लोकतान्त्रीक पद्धती अनुसार लैजान सुझाव दिनुभयो ।

यस्तै एमालेका नगर अध्यक्ष निलकण्ठ न्यौपानेले आदिवासी जनजातीहरुसंग हरबखत सहकार्य गरि अगाढी बढ्‍ने र बढिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा रा.प्र.पा.नेपालका अध्यक्ष भुपेन्द्र राना, रा.प्र.पाका प्रतिनिधी रुद्र बहादुर चन्द, राष्ट्रिय जनमोर्चाका विष्णु प्रंसाद शर्मा, नेपाल मजदुर किसानका गणेश खड्‍का, माओवादीका दानसिह सुनार, संघिय समाजबादिका प्रतिनिधी लगायतले आआफ्‍ना भनाइहरु राख्नुभएको थियो ।

यसैगरि गरि नगर समन्वय परिषदले आदिवासी जनजातीका माग तथा मुद्धाहरुमा सञ्चार माध्यम तथा महासंघमा आवद्ध भएर धेरै समय सम्म आदिवासी जनजातीहरुका कार्यमा निरन्तर लागि रहेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका महासचिव एवं फोनिज सुर्खेत अध्यक्ष अशोक राजीलार्इ दोसल्ला ओढाइ सम्मान समेत गरेको छ ।

नगर समन्वय परिषदका अध्यक्ष कर्ण बहादुर रानामगरको सभापतित्वमा भएको कार्यक्रममा १ देखि २० सम्ममा सम्पुर्ण तालिममा सहभागीहरुलाइ प्रमाण पत्र दिइ सम्मान गर्नुका साथै विभिन्न भेषभुषा झल्काउने नाचहरु प्रंस्तुत गरिएको थियो ।