पुरुषोत्तम सापकोटा
२४ असोज सुर्खेत । बावियाचौरको वडा नं. ७ मा कालिका मन्दिर निमार्ण हुने भएको छ । स्थानिय ललित विकले करिव ३ लाख ५० हजार मुल्य पर्ने १ रोपनि जग्गा मन्दिर निमार्णका लागि दान गर्नु भएपछि आज एक समारोहका बिच मन्दिरको शिलान्यास गरीएको छ ।
दलित जातिले मन्दीर पस्नु हुदैन भन्ने रुढिवादि मान्यता अहिले पनि ग्रामिण भेगमा कायमै रहेका बेला बावियाचौरमा सुखद सुरुवात भएको छ । स्थानिय जेष्ठ नागरिक दले कामिले कालिका देवि मन्दीरको शिलान्यास गर्नु भएको हो ।
शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस पुर्व जिल्ला कार्यवाहक सभापति उपेन्द्र बहादुर थापा , नेपालि कांग्रेस क्षेत्र नं. ३ का सभापति लालबीर भण्डारी, नेपालि कांग्रेस पुर्व जिल्ला सदस्य शेरबहादुर विक, नेपाल दलित संघ क्षेत्रिय उपसभापति गोरख विक, नेपालि कांग्रेस सदस्य पैलु विक लगाएतको सहभागिता रहेको थियो ।
मन्दीर निमार्ण भए पछि समाजमा धार्मीक सहिसुणता र सामाजिक सद्भाव बृद्धि हुने विश्वास लिइएको छ ।



Prawash Kumar Shakya । २४ आश्विन २०७३, सोमबार ०२:५१ बजे