हामिले प्रत्येक दिन ३ घण्टा सेवा दिईरहेका छौंःशाखा प्रबन्धक ढुङ्गाना


मिलन श्रेष्ठ
बैशाख,२३सुर्खेत । मुख्य गरि कर्णाली प्रदेश राजधानि वीरेन्द्रनगर भित्र संचालित सुर्खेतका केही बैँकहरुले दैनिक सेवा दिई रहेका छन् भने केही बैँकहरुले हप्तामा तिनचार दिन सेवा दिइरहेका छन । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि बैँकहरुले सर्तकता अपनाएर सेवा दिइरहेको बताएका छन । बैँकहरुले अत्यावश्कय रकम झिक्ने र जम्मा गर्ने र प्राथमिकताको आधारका सेवा दिइरहेका छन ।

राष्ट्रिय वाणिज्य बैँक शाखा सुर्खेतले दैनिक सेवा दिइहेको छ । बैँकका प्रबन्धक लिलाराम ढुङ्गानाले प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिइरहेको जानकारी दिनुभयो । उहाँले ग्राहकलाई बैँक भित्र प्रवेश गर्दा पाँच जनालाई मात्र प्रवेश गर्न दिने, साबुन पानिले हात धुने र स्यानिटाइजर र एक मिटरको दुरी कायम गरेर सेवा दिने व्यवस्था गरिएको बताउनभयो । राष्ट्रिय वाणिज्य बैँकमा मात्र दैनिक तीनसयको हारहारीमा सेवाग्राही आउने गरेका छन ।

यस्तै नेपाल बैँक लिमिटेड शाखा सुर्खेतले पनि दैनिक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिएको छ । बैँकका शाखा प्रबन्धक गणेशकुमार खत्रीले सुरक्षित रुपमा सवधानि अपनाएर सेवा दिएको बताउनुभयो । मुक्तिनाथ विकास बैँकले हप्तामा तीन दिन सेवा दिइरहेको छ । बैँकका अप्रेसनश इन्जार्च खम्ब प्रसाद जैशीले आइतबार, मंगलबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिएको जानकारी दिनुभयो । उहाँले ग्राहकहरुलाई अनिवार्य रुपमा मास्क लगाएर प्रवेश गर्न र स्यानिटाइजर, हात धुने व्यवस्था गरिएको बताउनुभयो ।