
३० चैत्र, सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा इश्वरकुमार खड्का सर्वसम्मत चयन हुनुभएको छ ।
यहि चैत १८ गतेको प्रेस युनियनको भेलाले नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व सभापति पीताम्बर ढकालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरी युनियनको नेतृत्व चयन गर्न म्याण्डेट दिएपछि खड्का अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
भेलाले दिएको म्याण्डेट अनुसार कार्यदलका सदस्यहरुमा महासंघकै पूर्व सभापतिहरु चिरञ्जीवी अर्याल, मोति पौडेल, श्रीधर पौडेल र प्रेस युनियन सुर्खेतका पूर्व उपसभापति रमेश शाही समेतको उपस्थितिमा सर्वसम्मतरुपमा प्रेस युनियन सुर्खेतको नेतृत्व चयन गरी मंगलबार घोषणाको गरिएको संयोजक ढकालले बताउनुभयो ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको मुख्य आतिथ्यतामा आयोजना गरिएको घोषणा सभामा कार्यदलका सदस्य तथा नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि चिरञ्जीवी अर्यालले कार्यदलका सम्पूर्ण पदाधिकारीको सहमतिमा प्रेस युनियन सुर्खेतको विवाद अत्य गरी सर्वसम्मतरुपमा जिल्लाको कार्य समिति र पार्षदहरुको चयन गरिएको बताउँदै भोलिका दिनदेखि प्रेस युनियन सुर्खेत एक भएर जाने बताउनुभयो ।
नेपाल प्रेस युनियन सुर्खेतका निवर्तमान अध्यक्ष नरेश थापाको अध्यक्षतामा भएको घोषणा सभामा युनियनका पदाधिकारी सदस्य तथा पार्षदहरुलाई नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले टीका तथा खादा ओढाएर शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रेस युनियनमा अब विवाद नरहेको कुरा सुन्न पाउँदा आफू अत्यन्त हर्षित भएको बताउँदै पाटीको शुभेच्छुक संस्थाकोरुपमा रहेको नेपाल प्रेस युनियनका हरेक गतिविधिले पार्टीलाई चलायमान गराउन सहयोग पु¥याउने रेग्मीले जिकिर गर्नुभयो ।
इश्वरकुमार खड्का अध्यक्ष रहेको १९ सदस्यीय कार्य समितिमा सुर्खेतको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, महिला उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिवमा मधुवन वीसी, सह सचिवमा चिन्तामणि कंडेल, सह सचिवमा (महिला) मनिशा गुरुङ, कोषाध्यक्षमा भुपेन्द्र घर्ती, सदस्यमा बुद्धिसिंह ठकुरी, सिपि कार्की, रमेश पाण्डे, मान बहादुर वली, मानबहादुर खडका, सुजन थापा, नवीन शाही चयन हुनुभएको छ ।
नयाँ कार्य समितिले आजै पदभार ग्रहण गर्दै अध्यक्ष खड्काले युनियन भित्र सम्पूर्ण साथीहरुलाई मिलाएर लैजाने जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै आफूलाई अध्यक्षमा चयन गर्न समिति र युनियनका सदस्यहरुले देखाएको सदासयताप्रति धन्यवाद ज्ञापन गर्दै सबैमा नयाँ वर्ष २०७८को शुभकामना व्यक्त गर्नुभएको थियो ।



Prawash Kumar Shakya । ३१ चैत्र २०७७, मंगलवार १६:४४ बजे