कोरोनाका संक्रमित २४३ जना पुगे


३१ बैशाख, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ बाट देशमा २ सय ४३ जनामा संक्रमण पुष्टी भएको छ ।

हिजो बैशाख ३० गते एकैदिन ८३ जनामा कोरोनाका संक्रमण पुष्टी भएको थियो भने आज २६ जना नयाँ संक्रमित पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।

आज पुष्टी भएका संक्रमितहरुमा बाँकेका ३६ बर्षका १ पुरुष त्यस्तै कपिलबस्तुका २२, २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ बर्षका पुरुष, रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ बर्षका पुरुष तथा ४, १०, २८ बर्षका महिला र पर्साका ३६ र ७४ बर्षका पुरुष र ३६ बर्षका महिला र त्यस्तै नवलपरासीका ३६ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।