कर्णाली प्रदेशमा पनि भ्रमण बर्ष २०२० शुभारम्भ (भिडियो सहित)


१६ पौष, सुर्खेत । नेपाल सरकारले आज देखि शुभारम्भ गरेको भ्रमण बर्ष २०२० कर्णाली प्रदेशमा पनि शुभारम्भ गरिएको छ ।

कर्णाली प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी वीरेन्द्रनगरको स्थानीइ पिपल चौतारीबाट झाँकी सहितको र्रयालीले बजार परिक्रमा गरि पर्यटकिय स्थल बुलबुले उद्यानबाट भ्रमण बर्षको शुभारम्भ गरेको हो ।

र्रयालीमा कर्णाली प्रदेशको जुम्ला जिल्लाको देउडा गित, हुडके नाच, सुर्खेतको सोरठि,  सिम्ताको गर्रा नृत्य, पैसेरी नृत्य, राउटे नृत्य, थारु नृत्य लगाएत नेपाल प्रहरीको ब्याण्डले साँगितिक झाँकी प्रदर्शन गरेको थियो ।

कार्यक्रमको शुभारम्भमा राजधानीको पर्यटकिय स्थल बुलबुले ताल परिसरमा भएको शुभारम्भ कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पबृष्टि गरेको थियो भने गोठीकाँडाबाट  प्याराग्लाइडिङमा दुई जना विदेशी र चार जना नेपाली सहभागीलाई बुलबुले तालमा अवतरण गराएको थियो ।

कार्यक्रमका मुख्यअतिथी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना मन्तब्य दिँदै नेपालमा थुप्रै पर्यटकिय क्षेत्रको उपयोग गर्न सकेमा आर्थिक समृद्धीको सम्भावना प्रचुर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो देश नेपालमा बहुजाती बहुभाषिक र कला सस्कृति आफ्नै किसिमको रहेकोले यस्लाईपनि पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । देशमा थुप्रै धार्मिक पर्यटकिय क्षेत्रहरु रहकोले त्यस्लाई धार्मिक एवं आर्थिक हिसावले सबल बनाउन सकिन्छ । कर्णालीको राजधानी आउन त सजिलो छ तर अन्य क्षेत्र जान असजिलो भएकोले सहज आवतजावत चुनौतीको विषय रहेको छ ।

मुख्यमन्त्री शाहीले नेपाल सरकारले भ्रमण बर्ष २०२० घोषणा गरे सँग कर्णाली सरकारले प्रदेशमा थुप्रै पर्यटकिय क्षेत्रहरु रहेकोले कर्णालीको समृद्धीकोलागि थुप्रै चुनौती रहेपनि सरकार सबैको सहयोग लिएर भ्रमण बर्ष सफल बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रदेशमा आउने पर्यटकहरुकालागि सुविधा सम्पन्न होटल मात्र भएर हुदैन यहाँ हामीले गर्ने व्यवहारलाई राम्रो बनाउनुपर्ने हुन्छ । त्यस्कालागि प्रदेशका जनता सबै मिलेर लाग्नुपर्ने हुन्छ । पर्यटन बर्ष सफल बनाउनकालागि सरसफाईमा नितान्त आवश्यक रेहेकोले आजैबाट सरसफाईमा लाग्न मुख्यमन्त्री शाहीले अनुरोध गर्नुभयो ।

कार्यक्रममा भरखरै सम्पन्न १३ औं सागमा कर्णालीबाट उसु खेलमा स्वर्णपदक विजयी खेलाडी सुर्खेतका दिपक हमाललाई मुख्यमन्त्री शाहीले नगद ३ लाख, म्याराथनमा रजत पदक प्राप्त गर्ने सल्यान कि पुष्पा भण्डारी, महिला फुटबल समूहमा रजत पदक प्राप्त गर्ने सुर्खेतकी गिता राना, र महिला हेन्ड बलमा रजत पदक विजेता रुकुम पश्चिमकी शारदा बिकलाई जनही नगद रु दुई लाख र सम्मान पत्र त्यस्तै बक्सिङ्ग तर्फ कास्यपदक बिजेता दैलेखका चन्द्रकला थापा खोखोतर्फ सुर्खेतका टेक बहादुर सार्कीलाई जनही १/१ लाख नगदसहित सम्मान गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले सबैको सहकार्य र समन्वयबाट कर्णालीमा भएका पर्यटकिय क्षेत्रलाई उपयोग गरि समृद्ध कर्णाली बनाउन सकिने बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुबेदीले स्वागत गर्नुभएको भ्रमण बर्ष शुभारम्भ कार्यक्रमको अध्यक्षता कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गर्नुभएको थियो ।