बैसाख १२, सुर्खेत ।
संघीय सरकारका उद्योग वाणिज्य मन्त्री मात्रिका यादवले आर्थिक र सामाजिक चेतनाका हिसाबले विपन्न मानिएको कर्णाली प्रदेश प्राकृतिक रुपमा सम्पन्न भएकाले यसको विकासका लागि सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो । गाउँ–गाउँमा साना तथा ठूला लगानीका उद्योगहरु सञ्चालन गरिने उहाँले दाबी गर्नुभयो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले आर्थिक समृद्धिका लागि सबै क्षेत्रमा आवश्यकता अनुसारका उद्योग नखोले सम्म देशको समृद्धि नहुनेमा जोड दिनुभयो । मन्त्री यादबले कर्णाली प्रदेशमा औद्योगिक सम्भावनाको अध्ययन तथा उत्खननलाई सरकारले प्राथमिकता दिने पनि बताउनु भयो ।
औद्यौगिक क्रान्ति मार्फत मूलुकको समृद्धि हुने सरकारको बुझाई रहेको भन्दै मन्त्री यादवले उत्पादन बढाउन बिभिन्न प्रकृतिका उद्योग गाउँ–गाउँमा स्थापना गर्ने सरकारले तयारी गरेको जानकारी दिनुभयो ।
उद्योग निजीकरणका कारण विगतमा भएका उत्पादनमूलक उद्योगहरु खरिद बिक्रि हुने काम भएको आरोप लगाउदै सरकारले नै उद्योग स्थापना गर्ने बताउनुभयो ।



Milan Shrestha । १२ बैशाख २०७५, बुधबार ०९:१४ बजे